नियम ९१
समितिको प्रतिवेदन
समितिले प्रत्येक बैलेन्स सीट र लाभ हानीको खातामा कर्पोरेशनको अधिकृत्त पूँजी र त्यसको जायज्यथाको वास्तविक र दुरुस्त स्थिति सो जायज्यथाको यथा सम्भव ठीक ठीक मुल्याङ्कन गरिएको तरिका साहु र आसामी हरूको पूरा विवरण देखाउनुपर्छ र त्यसको साथै आफ्नो प्रतिवेदनमा कर्पोरेशनको कारोवारको स्थिति र अवस्था, त्यस्तो, बैलेन्स सिट वा त्यसपछिको कुनै बैलेन्स सीटमा कुनै रकम रिर्जर्भको निमित्त राख्ने गरी सिफारिश गरेको भए सो कुरा शेयरहोल्डरहरूलाई लाभांशको रूपमा मुनाफाबाट कुनै रकम बाँडने गरी सिफारिश गरिएको भए सो कुरा समेत उल्लेख गरी पेश गर्नु पर्छ । सो प्रतिवेदन शेयरहोल्डरहरूबाट कर्पोरेशनको कारोबारको स्थितिको सराहना गराउन कारोबारमा लाभ हुने र कर्पोरेशनको आर्थिक वर्षमा त्यस्तो कारोवारमा अभिरुची हुने महत्वपूर्ण कुराहरू परिवर्तन हुने कुराहरूसमेत उल्लेख हुनु पर्छ । उपरोक्त खाता बैलेन्स सीट र प्रतिवेदन कमसेकम २ जना सञ्चालक तथा म्यानेजिङ्ग डाइरेक्टरको सही हुनु पर्छ ।